Media Network

जुम्लामा आगलागी: चार बालबालिकाको मुत्यु


खबरस्टोरी संवाददाता

१० बैशाख २०७९,शनिबार

जुम्ला । जुम्लाको सार्कीवाडामा भएको आगलागीमा चार जना बालबालिकाको मुत्यु भएको छ । तिला गाउँपालिका ३ सार्कीवाडामा रहेको मानसिहं सार्कीको तीन तलाको घरमा  आगलागी हुँदा चार जना बालबालिकाको जलेर मुत्यु भएको हो ।  

आगलामा मानसिहं सार्कीकी  १४ वर्षकी  भान्जी तुलसा सार्की ,११ वर्षीया छोरी अनु सार्की, ३ वर्षीया छोरी  दर्शना सार्की र एक वर्षको छोरा  दिपेश सार्कीको जलेर मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरिक्षक  नरेन्द्र चन्दले बताए । 

आगलागीमा  मानसिंह सार्की र उनकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली सार्की घाइते भएका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र त्यहाँका स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ । 

जुम्ला सदरमुकामबाट करिब १८ किलोमिटरको दूरीमा टाढा पर्ने सो गाउँमा आगलागीको कारण  खुल्न सकेको छैन । स्थानीय जयलाल कठायतका अनुसार  राति ११ः२० बजेतिर आगलागी भएको थियो ।

जिल्ला प्रहरीलाई भने राति ११ः४५ बजे आगलागी भएको जानकारी आएको थियो । आगलागीबाट  घर लत्ता कपडा, अन्नपातलगायत  सबै सामान जलेर नष्ट भएको  छ ।    

Share:
Reaction :
ताजा समाचार
खेलकुद