Media Network

२ जना भीआईपी नयाँ दिल्लीको उडानमा


खबरस्टोरी संवाददाता

२३ बैशाख २०७९,शुक्रबार

काठमाडौँ  । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेपाल एअरलाइन्सको उडानमा हिजो नयाँ दिल्लीबाट दिउँसो साढे २ बजे स्वदेश फर्कियका छन् । एउटी साथीको विवाहको निम्तो मान्न सोमबार काठमाडौं उत्रिएका भारतीय काँग्रेस आईका पूर्वअध्यक्ष राहुल गान्धी हिजो अपरान्ह सवा ५ बजे भिस्तारा एअरलाइन्सको उडानमा नयाँ दिल्ली गएको  हो  ।

हिजै पर्यटनमन्त्री प्रेमबहादुर आले बुद्ध एअरको उडानमा बिहान १० बे धनगढीबाट काठमाडौं आएका छन्  । श्री एयरलाइन्सको उडानमा पूर्वसभामुख ओन्सरी घर्तीमगर र पूर्वमन्त्री वर्षमान पुन हिजो बिहान पौने ११ बजे काठमाडौंबाट भैरहवा गएका थिए  ।

बुद्ध एयरको उडानमा पूर्वगृहमन्त्री विमलेन्द्र निधि बिहान ११ बजे काठमाडौंबाट जनकपुर गएर र  श्री एयरलाइन्सको उडानमा पूर्वउपप्रधानमन्त्री भीम रावल बिहान साढे ११ बजे काठमाडौंबाट धनगढीतर्फ गएको  हो ।

बुद्ध एयरकै उडानमा तुम्लिङटारबाट पूर्वउपप्रधानमन्त्री नारायणकाजी बिहान पौने १२ बजे काठमाडौं ओर्लिय । खानेपानी मन्त्री उमाकान्त चौधरी पनि बुद्ध एयरको उडानमा हिजो मध्यान्ह १२ बजे काठमाडौंबाट सिमरागएका छन्  ।

उता सौर्य एयरलाइन्सको विमानमा काठमाडौंबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दिउँसो पौने १ बजे धनगढी गएका छन्  । बुद्ध एयरको उडानमा गृहमन्त्री बालकृष्ण खाँण दिउँसो सवा २ बजे राजविराजबाट काठमाडौं आएका थिए  ।

पूर्वमन्त्री सुनिलबहादुर थापा बुद्ध एयरको उडानमा हिजो साँझ सवा ६ बजे राजविराजबाट काठमाडौं ओर्लिय। बुद्ध एयरको साँझ साढे ६ बजे काठमाडौं–नेपालगञ्ज उडानमा पूर्वमन्त्री खड्कबहादुर विश्वकर्मा त्यसतर्फ गएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद