जुन चिन्हमा उठ्यो जनप्रतिनिधि त्यही दलको हुन्छः निर्वाचन आयोग


खबरस्टोरी संवाददाता
११ बैशाख २०७९, आईतवार
जुन चिन्हमा उठ्यो जनप्रतिनिधि त्यही दलको हुन्छः निर्वाचन आयोग
काठमाडौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरु सोही दलको हुने स्पष्ट पारेका छन् ।  शनिबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले गठबन्धन भन्ने शब्द स्थानीय तह निर्वाचन कानुनमा नभएको उल्लेख गर्दै दलको चिन्ह लिएर निर्वाचित भएकाहरु सोही दलको जनप्रतिनिधि हुने बताएका हुन् । 

यद्यपि स्वतन्त्र चिन्ह लिएर उम्मेदवार भएकाहरु निर्वाचित भए भने उनीहरु स्वतन्त्र जनप्रतिनिधि नै हुने कानुनी व्यवस्था रहेको समेत उनले बताए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले कुनै दलबाट निर्वाचित जनप्रतिनिधिले सो दल त्याग गरेमा वा त्यो दलले गर्नुपर्ने भन्दा विपरीत काम गरेमा त्यो दलको केन्द्रिय कमिटीले हटाउनका लागि निवेदन दिएमा १५ दिन भित्र सो पद रिक्त रहेको घोषणा गर्ने अधिकार आयोगलाई रहेको पनि बताए ।