पत्रकार महासंघको आइतबार बसेको बैठकले स्थानीय तह जनप्रतिनिधिहरुको महासंघ सदस्यता स्वतः खारेज हुने निर्णय गरेको महासचिव रोशन पुरीले जानकारी दिए ।
यस्तै, स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका केन्द्र, प्रदेश र शाखाको पदाधिकारी तथा कार्य समिति सदस्यहरु पनि स्वतः पदमुक्त हुन गएको भन्दै विधानको ब्यवस्थाअनुसार गर्न गराउन महासंघ केन्द्रले केन्द्र, प्रदेश र शाखालाई सूचित गर्ने पनि निर्णय गरेको छ ।
महासंघ केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनअघि राजीनामा दिएका महासंघ २ जना केन्द्रीय सदस्यसहित ३० सदस्यको राजीनामा स्वीकृत गरेको छ ।