Media Network

जेसीबीले खसालेको ढुङ्गा लागेर स्कुले विद्यार्थीकाे मृत्यु


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ अर्मजा बस्ने हरि रायमाझीको छोरा १४ वर्षीय गगन रायमाझीको मुसिकोट नगरपालिका–३ धारापानीस्थित सडकमा अनटेष्ट लेखिएको जेसिबिले ढुङ्गा खसाल्ने क्रममा ढुङ्गाले लागेर बिहीबार बिहान मृत्यु भएको छ । 

स्कुलतर्फ जाँदै गर्दा सडक मर्मत गर्दै गरेको जेसिबिले खसालेको ढुङ्गाले लागेर गम्भीर घाइते भएका गगनको स्वास्थ्य चौकी वामी हुँदै जिल्ला अस्पताल तम्घास गुल्मीमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

जेसीबी चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद