Media Network

जेठ १ गते देखि सर्वाेच्च अदालत पनि हप्तामा ५ दिन मात्र खुल्ने


खबरस्टोरी संवाददाता

२९ बैशाख २०७९,बिहीबार

काठमाण्डौँ । आउदो जेठ १ गते देखि सर्वाेच्च अदालत पनि हप्ताम ५ दिन मात्र खुल्ला रहने भएको छ । 

सरकारले जेठ १ गते देखि हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णय गरेसंगै सर्वाेच्च अदालतले सरकारको उक्त निर्णय कार्यान्वयनमा ल्याउनको लागी यस्तो हप्तामा दुइदिन विदा दिने व्यवस्था गरेको हो । 

सरकारको उक्त निर्णय बैशाख २६ गते राजपत्रमा प्रकाशित भएसंगै हप्तामा २ दिन विदा दिने निर्णय कार्यान्वयनमा जान लागेको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार अब कार्यालय समय बिहान ९ः३० बजे देखि साझ ५ः३० बजे सम्म कायम गरिएको छ । 

इन्धनको  प्रयोगमा कमी ल्याउने भन्दै सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने व्यवस्था गरेको हो ।   

Share:
Reaction :
ताजा समाचार
खेलकुद