जथाभावी डोजर लगाएर तटबन्धन भत्काएपछि भासियो सडक


खबरस्टोरी संवाददाता
१९ असार २०७९, आईतवार
जथाभावी डोजर लगाएर तटबन्धन भत्काएपछि भासियो सडक
काठमाडौँ।  धनगढी उपमहानगरपालिका वडा नम्बर १ र वडा नम्बर ५ जोड्ने सडकमा जथाभावी डोजर लगाई सडक र कल्भर्ट संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएपछि सडक भासिएको  छ। 

धनगढी वडा नम्बर १ स्थित नविन जिम क्लब पछाडीदेखि वडा नम्बर ५ तारानगर जाने सडक केही दिनअघि परेको सामान्य वर्षाले भासिएको स्थानीयले बताएका छन्। 

अतिक्रमित भौतिक संरचना हटाउने क्रममा नालामा रहेका ठूला तथा साना रूखहरुसंगै कटान रोक्न बनाइएको तटबन्धन डोजर लगाएर भत्काइएको थियो।

उक्त कल्भर्टलाई संरक्षण गर्न सरकारले लाखौं लगानी गरि बनाएको तटबन्धन डोजर लगाएर भत्काउँदा सडक भासिएको स्थानीयले बताएका छन्। 

तीन वर्षअघि नै कल्भर्ट भासिने जोखिम बढेपछि उपमहानगरपालिकाले दुई लाख बढी रकम खर्च गरेर तटबन्धन निर्माण गरेको थियोे।