झम्सिखेलको सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाईट उद्‍घाटन


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
झम्सिखेलको सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाईट उद्‍घाटन
काठमाडौं। काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन ललितपुरको झम्सिखेलस्थित सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक बत्ती जडान गरिएको छ। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका–३ कार्यालय र तन्त्र भेन्चर्स प्रालिसँग समन्वय र सहकार्य गरी उक्त ट्राफिक बत्ती जडान गरि सञ्चालनमा ल्याएको हो।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले उक्त नयाँ ट्राफिक बत्तीको उद्‍घाटन गरेका हुन् ।

कार्यक्रममा ललितपुर महानगरपालिका–३ कार्यालयका वडाअध्यक्ष श्रीगोपाल महर्जनले ट्राफिक बत्ती जडानबाट आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने कुरामा जोडिन पाउँदा हर्षित रहेको बताए। 

हाल उपत्यकाको मुख्य ४० चोकमा ट्राफिक बत्तीबाट सवारीसाधन व्यवस्थापन हुँदै आएको छ भने १३ स्थानमा परीक्षण गरी सञ्चालनको प्रकियामा रहेको र ७ स्थानमा जडान कार्य भइरहेको ट्राफिक प्रहरीले बताएको छ ।