Media Network

कांग्रेस डडेलधुराका निवर्तमान सभापति कर्ण मल्ल पार्टीबाट निकालिए


खबरस्टोरी संवाददाता

१४ बैशाख २०७९,बुधबार

काठमाडौं– नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित भएका छन्।

सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइएको मंगलबार कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।



Share:
Reaction :
ताजा समाचार
खेलकुद