Media Network

कांग्रेस नेता उपाध्यायको निधन


खबरस्टोरी संवाददाता

२९ मंसिर २०८२,आईतवार

विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व मन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ ।

विराटनगर महानगरपालिका ७ घर भएका उपाध्याय लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए ।

विगत केही समयदेखि उपचार गराउँदै आएका उपाध्यायको सोही क्रममा शनिवार राति ९२ वर्षको उमेरमा निधन भएको हो ।

पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उपाध्यायले मोरङबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दै सांसदको रूपमा सेवा गरेका थिए ।

उनी २०५६ सालमा शिक्षामन्त्रीसमेत बनेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद