Media Network

काँग्रेसको गढ मानिने नवलपुरका अधिकांश पालिका एमालेको कब्जामा


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पूर्व अन्तर्गत ८ मध्ये ६ वटा स्थानीय तहमा एमालले विजयी हासिल गरेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले ८ मध्ये ६ वटा स्थानीय तह जितेको थियो ।विगतमा २ मात्रै स्थानीय तह जितेको नेकपा एमालेले अहिले नवलपुरका ६ स्थानीय तह जितेको छ ।

एमालेले अघिल्लो पटक जितेको गैँडाकोट नगरपालिकाको नेतृत्व यो पटक भने काग्रेसले कब्जा गरेको छ । यो क्षेत्र विगतदेखि नै काग्रेसको गढ मानिदै आएको क्षेत्र पनि हो ।

कांग्रेसले अघिल्लो पटक जितेको देवचुली नगरपालिका, बुङ्दीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका , मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका यस पटक गुमाएको छ । समग्रमा एमालेले स्थानीय तहमा ६ प्रमुख र ५ उपप्रमुख जितेको छ ।

कांग्रेसले अहिले गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिकामा मात्रै नेतृत्व जितेको छ । कांग्रेसले ३ वटा उपप्रमुख पनि जितेको छ । जिल्लाका ९२ वडा मध्ये एमालेले सबैभन्दा धेरै ४८ वडा जित्दा कांग्रेसले ४१ वडा जितेको छ । माओवादीले २ र राप्रपाले १ वडा जितेका छन् ।


१. कावासोती नगरपालिका

प्रमुख ः विष्णु प्रसाद भुषाल (नेकपा एमाले) १८,६०८ मत, विजयी

उपप्रमुख ः फुल कुमारी थनेत (नेकपा एमाले) १९,७२४ मत, विजयी


२. देवचुली नगरपालिका

प्रमुखः हरि न्यौपाने (नेकपा एमाले) १२,८०६ मत, विजयी

उपप्रमुख ः पार्वता तिवारी (नेकपा एमाले) १२,७४९ मत, विजयी


३. मध्यविन्दु नगरपालिका

प्रमुख ः भिमलाल अधिकारी (नेकपा एमाले) १६,२२१ मत, विजयी

उपप्रमुख ः पूर्णकला चौधरी (नेकपा एमाले) १६,१०५ मत, विजयी


४. गैँडाकोट नगरपालिका

प्रमुख ः मदनभक्त अधिकारी (नेपाली कांग्रेस) १६,४५५ मत, विजयी

उपप्रमुख ः शान्ति कोइराला (नेपाली कांग्रेस) १६,११४ मत, विजयी


५. हुप्सेकोट गाउँपालिका

अध्यक्ष ः लक्ष्मीदेवी पाण्डे (नेपाली कांग्रेस) ६,७१४ मत, विजयी

उपाध्यक्ष ः पूर्णसिं राना (नेपाली कांग्रेस) ६,७०५ मत, विजयी


६. बौदीकाली गाउँपालिका

अध्यक्ष ः प्रकाश ओझा (नेकपा एमाले) ३,९७६ मत, विजयी

उपाध्यक्ष ः डिल कुमारी सारु (नेकपा एमाले)  ३,९६२ मत, विजयी


७. बुलिङटार गाउँपालिका

अध्यक्ष ः दिपेन्द्र सुनारी मगर (नेकपा एमाले) ४,०४९ मत, विजयी

उपाध्यक्ष ः दिल माया राना (नेपाली कांग्रेस) ४,२३९ मत, विजयी


८. विनयी त्रिवेणी गाउँपालिका

अध्यक्ष ः धनश्याम गिरी (नेकपा एमाले) ७,६५८ मत, विजयी

उपाध्यक्ष ः भगवती बैदावार (नेकपा एमाले) ७,६७१ मत, विजयी


Share:
Reaction :
ताजा समाचार
खेलकुद