Media Network

काग्रेंसको गढ मानिने नवलपुरको देवचुलीमा मेयर र उपमेयर एमालेको कब्जामा


खबरस्टोरी संवाददाता

३ जेष्ठ २०७९,मंगलवार

नवलपुर । पूर्वी नवलपुरको देवचुली नगरपालिकामा नेकपा एमाले बहुमत वडाध्यक्ष सहित मेयर र उपमेयरमा विजयी हासिल गरेको छ । 

नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा हरि न्यौपानले १२ हजार ८ सय ६ मत प्राप्त गरि विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेस (गठबन्धन) का उम्मेदवार अशोक बाँस्ताकोटीले ११ हजार २ सय १० मत प्राप्त गरेका थिए । न्यौपानेले बस्ताकोटीलाई १ हजार ५ सय ९६ मतले पराजित गरेका छन् ।

यसैगरि देवचुली नगरपालिकाको उप–मेयरमा नेकपा एमालेका पार्वता तिवारीले १२ हजार ७ सय ४९ मत प्राप्त गरि विजयी भएकी छन् भने उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्र (गठबन्धन) का सत्यनारायण भूसालले ८ हजार २ सय २८ मत प्राप्त गरेका थिए । तिवारीले भुसाललाई ४ हजार ५ सय २१ मतान्तरले पराजित गरेकी छिन् । तिवारी दोस्रो कार्यकालका लागि देवचुली नगरपालिकाको उप–मेयरमा निर्वाचित भएकी हुन् ।  

काग्रेंसको गढ मानिने देवचुली नगरपालिकामा विगतदेखि काग्रेसको पकटक्षेत्र मानिदै आएको थियो ।२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले देवचुली नगरपालिकाको मेयरमा र उपमेयरमा नेकपा एमालेले जित हासिल गरेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद