काठमाडौँ। सबैभन्दा कान्छा सगरमाथा आरोही शम्भु तामाङको निधन भएको छ । उनले सबैभन्दा सानो उमेर १७ वर्षमा सगरमाथा आरोहण गरेका थिए । लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेका तामाङको ७० वर्षको उमेरमा बिहीबार बिहान १० बजे हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
तामाङले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम राख्न सफल भएका थिए । स्थायी घर सिन्धुपाल्चोक रिस्याङ्खु भएका तामाङ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका थिए ।