Media Network

कानुन व्यवसायीहरुको अवरोधबीच प्रधानन्यायाधीश सर्वोच्च प्रवेश


खबरस्टोरी संवाददाता

२८ कार्तिक २०७८,आईतवार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कानुन व्यवसायीहरुको अवरोध छल्दै सर्वोच्च अदालत प्रवेश गरेका छन् । गएको शुक्रबार जस्तै आइतबार पनि प्रधानन्यायाधीश अतिरिक्त गेटबाट सर्वोच्च प्रवेश गरेका छन्।  

प्रहरीको अवरोधका बाबजुद आन्दोलनरत वकिलहरु सर्वोच्च परिसरमै गएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बार कात्तिक १४ देखि आन्दोलित हुँदै आएको छ। कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचारलाई सहयोग गरेकोसहितका अभियोग प्रधानन्यायाधीश राणामाथि लगाइएको छ।  प्रधानन्यायाधीश जबराले भने आफूले राजीनामा नदिने भन्दै इजलास तोक्दै आएको छ। 

यस्तै सर्वोच्चका न्यायाधीशहरुले पनि राणाले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्। उनीहरु विरोधस्वरुप इजलासमा बसेका छैनन्। न्यायाधीशहरुले इजलास नै बहिष्कार गरेपछि सेवाग्राही भने लगातार समस्यामा पर्दै आएका छन्। उनीहरुले आफूहरुको न्याय पाउने अधिकार न्यायाधीशहरुले नै कुण्ठित गरेको आरोप समेत लगाएका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद