Media Network

कानुन व्यवसायीद्वारा कालोपट्टी बाँधेर सर्वोच्चमा प्रदर्शन


खबरस्टोरी संवाददाता

१४ कार्तिक २०७८,आईतवार

 काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरु कालोपट्टि बाँधेर विरोध प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरुले आजदेखि बुधबारसम्म कालोपट्टी बाँधेर काम थाल्ने जनाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उनीहरु आन्दोलनमा होमिएका हुन् । 

आफूहरु अदालतकोविरुद्धमा नभइ न्यायालयमा शुद्धीकरणका लागि आन्दोलन थालिएको बताएका छन् । “जनतालाई न्याय र न्यायालयमा शुद्धीकरण अभियान थालेका हौँ, यो न्यायालयविरुद्धमा होइन,” वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले भने ।

त्यस्तै कानून व्यवसायीको प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ । कर्मचारीहरुलाई पनि गेटमा परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ । सुरक्षाकर्मीहरुको गाडी सर्वोच्च भित्र र बाहिर तम्तयार अवस्थामा राखिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद