ओलीले अभिभावकत्व ग्रहण गरेपछि लामालाई ओलीको छोरी भनेर गाउँमा बोलाउन थालिए पनि उनको दैनिकीमा भने कुनै फेरबदल आएको छैन । अभिावकत्व ग्रहण गरेपछि अध्यक्ष ओलीले तीन पटक १० / १० हजार नगद र एक पटक लत्ता कपडा मात्र सहयोग गरेको छिचुले बताइन् ।
ठिल्लेसाङ्मु अहिले बुद्ध माद्यमिक विद्यालयको कक्षा ४ मा अध्यायनरत छिन् । अध्ययनमा तीक्ष्ण रहे पनि आर्थिक समस्याले गर्दा ठिल्लेसाङ्मुलाई पठनपाठनमा कापी, कलम,ड्रेस अभाव रहेको प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले जानकारी दिए ।
उनलाई अध्ययनका लागि आवश्यक सामग्री र खर्च जुटाउन सक्ने पारिवारिक व्यक्ति नभएकाले अध्यक्ष ओलीले उनको अभिभावकत्व ग्रहण गरेका थिए । ठिल्लेसाङ्मुको बुबाको मृत्यु भइसकेको छ ।