Media Network

कपिलवस्तुमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु


खबरस्टोरी संवाददाता

२३ फाल्गुन २०७८,सोमबार

काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका–११ ओदारीमा आइतबार बेलुका ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय अनिल गाहा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । 

आइतबार बेलुकी साढे ८ बजे भारतीय नम्बरको ट्रकले लु १ ह १९२३ नम्बरको टेम्पोलाई ठक्कर दिएको हो । 

ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद