Media Network

कुपण्डोलमा माओवादी केन्द्रको चुनाव लक्षित चियापान


खबरस्टोरी संवाददाता

३ बैशाख २०७९,शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्र ललितपुरको १० नम्बर वडा समितिले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी शनिवार कुपण्डोलमा चियापान गरेको छ ।  नयाँ वर्षको अवसरमा चुनाव लक्षित चियापान कार्याक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब विजुलीबाटै खाना पकाउन आह्वान गरिन् । 

जलविद्युतबाट उपलब्ध हुने सुविधामा सरकारले छुट दिलाएको बताउँदै उनले सिँचाइका लागि र सर्वसाधारण जनताले खपत गर्ने विद्युत् महसुलमा सहुलियत दिइएको बताइन् । ‘मैले गरिबका लागि भनेर विजुलीमा सहुलियत पनि दिएको छु’, भुसालले भनिन्, ‘गरिब जनताको पार्टी भनेकै माओवादी हो ।’ 

आगामी निर्वाचन परिवर्तन संस्थागत गर्ने र परिवर्तनलाई पछाडि फर्काउने शक्तिबीचको लडाइँ हुने पनि मन्त्री भुसालले बताइन् । उनले हालसम्मका उपलब्धिलाई संस्थागत गर्न गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आह्वान गरिन् । 

जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितालगायत थुप्रै मुद्दालाई संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री भुसालले संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको दाबी गरिन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद