काठमाडौं । सरकारले गरेको निलम्बनको कारवाही गैरकानूनी भएको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर सर्वोच्च अदालत पुगेका छन् । अधिकारीको रिट दर्ताको प्रक्रियामा रहेको अदालतले जनाएको छ ।
अर्थमन्त्रीले गैरकानूनी तबरले आफुविरुद्ध जाँचबुझ आयोग गठन गरेको र आयोगमा परिवारका सदस्य तथा पार्टी सदस्यहरु राखेको भन्दै सो प्रक्रिया नै खारेजीको माग सहित गर्भनर अधिकारीले माग गरेका छन् ।