Media Network

कारको ठक्करबाट तीन जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित बीपी चोक नजिक आइतबार राति कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका– ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसी रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई सोही कारमा राखेर चालकले नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर पु¥याएका थिए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहका अनुसार सडकमा पैदल हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको थियो । कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापा प्रहरी नियन्त्रणमा छन् ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद