Media Network

केरुङे खोलामा डुबेर एक बालकको मृत्यु


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

कावसोती । पूर्वी नवलपरासीको कावासोतीस्थित केरुङे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । कावासोती नगरपालिका–५ केरुङे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिवार स्थानीय बालक नवलसिह झेडीको मृत्यु भएको हो । 

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको स्थानीय र प्रहरीले उद्दार गरेका थिए । बालकको उद्दार गरी प्रहरीले तत्काल उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल पुर्याएका थिए । तर अस्पताल पुरयाउँदा बालकलाई स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद