ट्राफिक प्रहरीले सोमबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने कूल १ हजार ७५७ जना चालकहरूलाई कारवाही गरेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारवाहीमा पर्ने चालकमा मदिरा पिएर सवारी साधन चलाउने ७८ जना, फुटपाथमा पार्किङ गर्ने १०४ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७७ जना रेहका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६८ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने ४० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३८ जना चालकहरूलाई पनि कारवाही गरिएको महाशाखाले जनाएको छ ।