करेन्ट सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट


खबरस्टोरी संवाददाता
१५ बैशाख २०७९, बिहीबार
करेन्ट सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–१० पुतलीलाईनस्थित जुत्ता पसलमा बुधबार राती आगलगी भएको छ । धरान उपमहानगरपालिका–१६ बस्ने गोकुल राईको युनिक कलेक्सन जुत्ता तथा कपडाको पसलमा करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा पसलभित्र रहेको जुत्ता, कपडा पूर्णरुपमा जलेर करिब ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यता, चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरस्थित बिष्णुप्रसाद लामिछाने लगायत ६ जनाको संयुक्त दुर्गा इलेक्ट्रोनिक पसल, कृष्ण सप्लायर्स फेशन जुत्ता चप्पल र  कपडाको गोदाममा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी भएको  छ । राती २ बजे लागेको आगो विहान ७ बजेमात्रै नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण नखुलेको प्रहरीले जनाएको छ ।