Media Network

कार्टुनिष्टको निशानामा भ्रष्टाचार (फोटोफिचर)


खबरस्टोरी संवाददाता

३० जेष्ठ २०७९,सोमबार

पोखरा । नेपालमा भ्रष्टाचार मौलाउँदै गइरहेको सन्दर्भमा नेपालका प्रसिद्ध कार्टुन चित्रकारहरुले भ्रष्टाचारविरुद्धमा कार्टुन चित्रहरु प्रदर्शन गरेका छन् । 

पोखराको आर्ट ग्यालरीमा शनिवारदेखि शुरु भएको प्रदर्शनीमा निसानामा भ्रष्टाचार शीर्षकमा ५० वटा कार्टुन चित्रहरु प्रदर्शन गरिएको छ । 


सिर्जनशील कलाकार समूहको संयोजनमा आयोजना गरिएको प्रदर्शनीका कार्टुन चित्रहरुले स्थानीय तहदेखि केन्द्रसम्मका तथा विभिन्न राजनीतिक दलहरुभित्रको बेथितिलाई प्रस्तुत गरेको छ । 

प्रदर्शनमा ३६ जना कार्टुनिष्टको कार्टुनचित्र राखिएको छ । कार्यक्रममा बरिष्ठ कार्टुनचित्रकारहरु तथा साहित्यकारको छलफल तथा अन्तरक्रियाहरु गरिएका थिए । 


साहित्यकार एवम् प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले शनिवार उदघाटन गरेको कार्यक्रम सोमवार सकिँदैछ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद