Media Network

कोशी ब्यारेजमा बज्याे खतराको घण्टी


खबरस्टोरी संवाददाता

१५ असार २०७९,बुधबार

सुनसरी । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोशीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । 

लगातारको वर्षातका कारण सप्तकोसीमा पानीको बहाव उच्च भएपछि रातो बत्ती बालिएको हो ।  सप्तकोशीमा बुधबार विहान १० बजे पानीको बहाव एक लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 

पानीको बहाव उच्च भई खतराको संकेत देखिएपछि सप्तकोशीका ५६ ढोकामध्ये २१ वटा ढोका खोलिएको छ । अन्य ढोका भने अझै खोलिएको छैन । ब्यारेजका सबै ढोका नखोलिदा कोशी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा परेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद