Media Network

कतारमा ग्राउन्डेड नेपाल एयरलाइन्सको जहाज मर्मतको पर्खाइमा


खबरस्टोरी संवाददाता

१४ फाल्गुन २०७८,शनिबार

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को एयरबस ३२० जहाज गत पुस १३ गतेदेखि कतारको विमानस्थलमा ग्राउन्डेड भएर बसेको छ। 

 कतारको दोहा विमानस्थलमा अवतरणपछि पार्किङ वेमा लैजाँदै गर्दा इन्जिनमा समस्या देखिएपछि विमान ग्राउन्डेड भएको थियो।जहाजको इन्जिनमा समस्या देखिएको भन्दै जहाज निर्माण कम्पनीले इन्जिन मर्मतको सुझाव दिएको पनि झण्डै सात साता बितिसक्दा पनि निगम व्यवस्थापनका ढिलासुस्तीकै कारण जहाज ग्राउन्डेड हुन पुगेको हो ।

 विमानको इन्जिन भाडामा लिएर सञ्चालनको तयारी थालिएपनि निगमको आन्तरिक समस्याका कारण सो प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन् ।झण्डै दुई साता अघि निगमले एमटीयू कम्पनीसँग इन्जिन भाडामा लिने प्रक्रिया सुरु गरेको थियो ,तर निगमभित्रै देखिएको आन्तरिक समस्याले गर्दा घाटामा चलिरहेको  निगमले थप लाखौको नोक्सानी बेहोर्नुपरेको छ । निगमको एयर बस ३२०, ६० दिनसम्म उडान नहुँदा दैनिक २ करोड रुपैयाँका दरले ६० दिनमा १ अर्ब २० करोड रुपैयाँभन्दा बढी आम्दानी देखिन्छ । निगमको एयरबस ३२० जहाजले सामान्यत दैनिक काठमाडौं–कतार (दोहा)–काडमाडौं र काठमाडौं–दुबई–काठमाडौं गरी चार वटा उडान तथा अवतरण गर्छ। चार उडान तथा अवतरणमा एयरबस जहाजको सिट क्षमता १५६ का दरले ६ सय २४ सिट हुन्छ। जहाँ सामान्यतः एउटा सिटको मूल्य ३५ हजार रुपैयाँ हुन्छ।योसँगै जहाज कतारमै राख्दा जहाज पार्किङका लागि मात्रै २० लाख रुपैयाँभन्दा बढी खर्च निगमले बेहोनुपर्ने हुन्छ ।

निगमको आन्तरिक समस्या र व्यवस्थापकिय पक्षमा देखिएको ढिलासुस्तीले निगमलाई झन पछि झन नोक्सानका साथै निगमको साख पनि थप गिर्दो देखिन्छ ।

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद