Media Network

काठमाडौं भन्दा अगाडि तानसेन नगरपालिका


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

पाल्पा । पाल्पाको तानसेन नगरपालिका फोहोर ब्यवस्थापनको क्षेत्रमा अगाडि देखिएको छ । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर ब्यवस्थापन गर्ने घोषणा गरे पनि कार्यान्वयनमा ल्याउन नसकिरहेकाबेला तानसेन नगरपालिकाले फोहोर ब्यवस्थापनमा नबिनतम प्रणाली शुरु गरिसकेको छ । 

तानसेन नगरपालिकाको सहयोगमा वातावरणीय सुन्दर नेपाल बुटवलले कुहिने र नकुहिने फोहोर ब्यवस्थापन थालेको हो । सोही ब्यवस्थापनअनुसार फोहोरको बर्गिकरण गरी ब्यवस्थपन गर्ने तालिका सार्वजनिक गरिएको छ । हरेक दिन बारअनुसार गाडी, जिम्मेवार ब्यक्ति र स्थानसमेत तोकेर फोहोरको वर्गिकरणअनुसार फोहोर ब्यवस्थापन शुरु गरिएको छ । 

कम्प्याक्टर सञ्चालन नभएको समयमा भने नगरपालिकाको समन्वयमा सरसफाइको विभिन्न कार्यक्रममा सहभागी गराइने वातावरणीय सुन्दर नेपालले जनाएको छ ।    


Share:
Reaction :
ताजा समाचार
खेलकुद