आज प्रस्तुत हुने नीति तथा कार्यक्रमको विषयमा छलफल गर्नको लागि आज बिहान काठमाडौँ महानगरपालीकाको कार्यपालीकाको बैठक बसेको थियो । कार्यपालीकाको यस अघि बसेका बैठकहरुमा लाइभ गरिए पनि आजको बैठकमा भने लाइभ गरिएको थिएन् । यस विषयमा मेयर बालेन्द्र साहको सचिवालयले यो अनौपचारीक बैठक भएकोले लाइभ नगरिएको जानकारी गराएको छ ।
काठमाडौँ महानगरपालीकामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरुलाई पराजित गरेर मेयरमा निर्वाचित बनेका बालेन्द्र साहले कस्तो बजेट ल्याउलान भनेर निकै चासोको विषय बनेको छ । बालेन्द्र साह मेयर भए पनि नीति तथा कार्यक्रम पारित गर्नको लागि नगरसभामा राजनीतिक दलहरुको साथ अनिवार्य रहेको छ ।