Media Network

काठमाडौँ महानगरपालिकामा गुनासो राख्न कल सेन्टर सञ्चालनमा


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौ । काठमाडौँ महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको छ ।

महानगरले गुनासो तथा सोधपुछका लागि १६६००१, ०५५११ टोल फ्रि नम्बरमा खुल्ला गरेको हो ।महानगरका प्रमुख बालेन्द्र शाहले भने  ‘महानगर के गर्दैछ जनताले सोध्न पाउनु पर्छ । सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ । अहिले ५ वटाबाट थालेका छौँ ।’

गत जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रियसभा गृहमा केन्द्र सञ्चालन गरिएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद