काठमाडौं महानगरपालिकामा जग्गाको प्रतिआना ६ लाखदेखि ५० लाखसम्म मूल्य निर्धारण


खबरस्टोरी संवाददाता
११ असार २०७९, शनिबार
काठमाडौं महानगरपालिकामा जग्गाको प्रतिआना ६ लाखदेखि ५० लाखसम्म मूल्य निर्धारण
काठमाडौं। काठमाडौं महानगरपालिकाले जग्गाको सरकारी मूल्यांकन निर्धारण गरेको छ ।

दुई वर्षअगाडि तत्कलिन मेयर विद्यासुन्दर शाक्यले नै तोकेको मूल्यलाई मेयर बालेन्द्र शाहले सोही मूल्यलाई मूल्यांकन तोकेर सार्वजनिक गरेका हुन्। महानगरले तोकेको मूल्यांकन आधारमा सरकारी कर तय हुने गर्दछ।शुक्रबार नगरसभामा प्रस्तुत गरेको काठमाडौं महानगरपालिकाको आर्थिक विधेयकमा महानगरका जग्गाहरुको मूल्यांकन सार्वजनिक गरिएको हो।  

महानगर क्षेत्रभित्रका प्रमुख सडक एवम् सडकको दायाँ बायाँका जग्गाको सम्पत्ति कर प्रयोजनका लागि मूल्याङ्कन महानगरले यथावत राखेको छ। काठमाडौं महानगरभित्र सबैभन्दा महँगो जग्गा ५० लाख रुपैयाँँ प्रतिआना राखिएको छ। दरबारमार्ग, जमल, सुन्धारा, न्युरोडमा ५० लाख मूल्य तोकिएको छ। 

काठमाडौं महानगरपालिका क्षेत्रमा भित्रि शहरमा  जग्गाहरु ५० लाख रुपैयाँ प्रतिआना मूल्याङ्कन गरिएको छ।  बाटो नभएका वर्ग खुलेका नगर क्षेत्रभित्रका जग्गाको हकमा ’ङ’ वर्गका लागि ४ लाख रुपैयाँ प्रतिआना तोकिएको छ। यस्ता जग्गाको  ’क’ वर्गका लागि २० लाख रुपैयाँ, ख वर्गका लागि १६ लाख रुपैयाँ, ’ग’ वर्गका लागि ८ लाख रुपैयाँँ र ’घ’ लागि ६ लाख रुपैयाँ प्रतिआना तोकिएको छ।