Media Network

काठमाडौं र ललितपुरमा आजदेखि मदिरा बिक्रीमा रोक


खबरस्टोरी संवाददाता

२७ बैशाख २०७९,मंगलवार

काठमाडौ । काठमाडौं र ललितपुरमा आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएको छ । मौन अवधिदेखि ३० वैशाख अर्था मतदान नसकिएसम्मका लागि जमदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको छुट्टाछुट्टै सूचनामा उल्लेख छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो । जाँडरक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले  जिल्लामा मदिरा सेवन तथा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएका हुन् ।

उपत्यकाबाहेकका केही जिल्ला प्रशासन कार्यालयले गत शुक्रबारबाट नै मदिरा बिक्रीमा रोक लगाइसकेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद