काठमाडौ । प्रयोगबिहिन अवस्थामा थन्किएर रहेको काठमाडौं महानगरपालिकामा बुधबारदेखि ५ वटा ब्रुमर पुनः सञ्चालनमा ल्याईएको छ । मर्मतपछि आजबाट पाँच वटा ब्रुमरले काठमाडौं सफाइ गर्न थालेका मेयर बालेन शाहले जानकारी दिए ।
उनका अनुसार भोलिदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमर हरुले नियमित सफा गर्नेछन् ।
वर्षायाम भएकाले केही असहजता भएपनि आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौं लाई धुलो रहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगी सिद्ध हुने मेयर शाहको विश्वास छ ।