Media Network

काठमाडौं उपत्यकामा भोलिदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं उपत्यकाका ३ जिल्लाको हकमा भोलिदेखि फोटोसहितको मतदाता नामावली अनलाइन प्रणालीबाट नै दर्ता गर्ने व्यवस्था गरेको छ ।

फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले वेब बेस भोटर लिस्ट प्रि–रजिस्ट्रेसन प्रणाली तयार गरेको हो ।

तर परीक्षणकालको  रूपमा काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) बाट भोलिदेखि सुरु गर्ने गरी आयोगको मङ्गलवार बसेको बैठकले निर्णय गरेको हो ।फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाइटमा व्यक्तिगत विवरण भर्नुपर्ने छ ।

अनलाइन फारममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।

मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद