भारत, पाकिस्तान र बंगलादेशमा सबैभन्दा खराब वायु प्रदूषण पाइएको छ जहाँ मापदण्ड भन्दा १०औ गुणा बढी प्रदुषण रहेको रिपोर्टमा उल्लेख गरिएको छ। स्क्यान्डिनेभियाली देशहरू, अष्ट्रेलिया, क्यानडा, जापान र बेलायत वायु गुणस्तरका लागि उत्कृष्ट देशहरूमा रहेका छन् जहाँ औसतमा १ देखि २ गुणा बढी देखिएको जनाइएको छ।
नेपाल १० औं नम्बरमा
र नेपाल विश्वको सबैभन्दा प्रदूषित देशको सूचीमा १० औं नम्बरमा रहेको छ। सूची अनुसार विश्वको सबैभन्दा प्रदूषित सहरमा बंगलादेश पहिलो नम्बरमा छ। चाड, पाकिस्तान, ताजकिस्तान, भारत, ओमन,किर्गिजस्तान, बहराइन, इराक, नेपाल विश्वका १० प्रदुषित देश हुन्।
विश्वका १५ प्रदूषित सहरमध्ये भारतका १० वटा सहर परेका छन्। भारतको राजस्थान विश्वको सबैभन्दा प्रदूषित सहरको शीर्ष स्थानमा परेको छ। त्यसपछि उत्तर प्रदेश पर्दा चीनको जिनज्याङ परेको छ। पाकिस्तानका तीनवटासहर प्रदूषितमा पर्दा बाँकी भारतीय सहरहर रहेका छन्।
राजधानीमा काठमाडौं विश्वको छैंठौ प्रदूषित सहरको सूचीमा परेको छ। भारतको राजधानी नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी बन्दा बंगलादेशको ढाका, चाढको डिमाना, ताजकिस्तानको राजधानी डुसानबे, ओमानको राजधानी मस्कट पछि काठमाडौं परेको रिपोर्टमा जनाइएको छ।