तीन दिनअघि शहरी विकास मन्त्रालयमा काठमाडौं महानगर, ल्याण्डफिल साइटका जनप्रतिनिधि र मन्त्रालयका अधिकारीबीच सहमति गरी लगिएको फोहोर ल्याण्डफिल प्रभावित बासिन्दाले अवरोध गरेका थिए ।
स्थानीयको अवरोधपछि सुरक्षा परिचालन गरि फोहोर फाल्न थालिएकोमा असफल भएको सरकारले पुनः स्थानीय संघर्ष समितिसँग अर्को सहमति गरेका छन् ।
काठमाडौँ महानगरपालिका र सिसडोल–बन्चरेडाँडाका प्रतिनिधिबीच बिहीबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो ।
ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौँ महानगरपालिकाबीच भएको विहीबार मध्यरातमा १९ बुँदे सहमति गरिएको छ । १८ बुँदे सहमितकाे ड्रफ्ट तयार भए पनि क्षतिपूर्ति सम्बन्धि अर्काे बुँदा थपिएकाे छ । शुक्रबार विहान वार्ता गर्ने भनिए पनि काठमाडौं महानगरले राती नै सहमति गरी शुक्रबार विहानैबाट फोहोर उठाउन थालेको छ ।
सहमतिअनुसार अब फोहोर ढुवानी पनि रातिको समयमा मात्र हुने भएको छ ।
यस्तो छ सहमतिपत्र