Media Network

काठमाडौको फोहोर व्यवस्थापनमा जुटेका बालेन र सुनिताले भेटे मन्त्री झाँक्रीलाई


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौ । राजधानीको मूख्य चुनौती बनेको फोहोरमैला व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई भेटेका छन् ।

उनीहरुले मन्त्री झाँक्रीसँग सिंहदरबारस्थित उनकै कार्यकक्षमा शनिबार दिउँसो भेट गरेका हुन् । तीनै जनाबीच शहरी विकास मन्त्रालयले निर्माण गरेको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्डमा काठमाडौं उपत्यकाको फोहोर कहिले, कसरी लैजाने भन्नेबारे छलफल भएको मन्त्री झाँक्रीको सचिवालय जनाएको छ । 

यसअघि दुवै जना शुक्रबार सिसडोल पुगेर फोहोर व्यवस्थापनबारे स्थानीय सँग छलफल गरेका थिए ।प्रमुख शाहले एक हप्ताभित्र दुर्गन्ध हटाउन कमिकल हाल्ने र तीन महिनासम्ममा फोहोरलाई मल तथा ग्यास बनाउने प्रतिबद्धता जनाएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद