काठमाडौंको फुटपाथमा निर्माण सामग्री थुपार्नेलाई पाँच हजारको झड्का


खबरस्टोरी संवाददाता
२९ असार २०७९, बुधबार
काठमाडौंको फुटपाथमा निर्माण सामग्री थुपार्नेलाई पाँच हजारको झड्का
काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री थुपार्नेमाथि ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगरमा आएको गुनासोका आधारमा निर्माण सामग्री थुपार्नेमाथि कारबाही गरेको हो ।हालै मात्र पनि महानगरले बागमतिमा फोहोर फालेको भन्दै २५ हजार जरिमाना तिराएको थियो ।

महानगरले आगामी दिनहरुमा पनि कारबाही र अनुगमनलाई  निरन्तरता दिने बताएको छ ।