‘हाम्रा सांस्कृतिक तथा सामाजिक ब्यवहारहरु तथा आफ्ना रैथाने ज्ञानलाई राज्यले अपनत्व लिनुपर्छ भन्ने हाम्रो मान्यता छ,’ बालेनले भनेका छन्, ‘यसैका लागि हामीले आगामी बजेटमा काठमाडौंमा रहेका सबै ढुंगेधारा जुन निश्क्रिय तथा पानीको मुहान सुकेको अवस्थामा छन्, तिनलाई ब्यूँताउनका लागि सम्बन्धित शीर्षकमा बजेट बिनियोजन गरेर उपयुक्त प्रयासहरु गर्नेछौं ।’
सिथि नखः पर्वमा धारा, कुवा, इनार, पोखरी लगायत पानीका मुल सफाइ गर्ने गर्दछन् ।