Media Network

काठमाडौंका यी ६ वटा निजी अस्पतालबाट दिइँदै छ कोभिड–१९ विरुद्धको खोप


खबरस्टोरी संवाददाता

२९ पुष २०७८,बिहीबार

काठमाडौं । काठमाडौंका ६ वटा निजी अस्पतालबाट कोभिड–१९ विरुद्धको खोप निःशुल्क दिइँदै छ ।जसअन्तर्गत सीतापाइलाको शुभेच्छा अस्पताल, बालाजुको पिपल्स डेन्टल हस्पिटल, बालाजुकै जनमैत्री अस्पताल, बागबजारको काठमाडौं मोडेल अस्पताल, थापाथलीको नर्भिक अस्पताल र सिनामंगलको नोबेल अस्पतालबाट खोप दिन लागिएको हो ।

ती अस्पतालबाट भेरोसेल, एस्ट्राजेनेका खोपका दुवै डोज र विदेश जान लागेकाहरूका लागि जोनसन एन्ड जोनसनको खोप दिन लागिएको हो ।सरकारले देशभरका ५० भन्दा बढी शय्या भएका अस्पताल र मेडिकल कलेजहरूबाट कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद