Media Network

काठमाडौंमा अब सार्वजनिक स्थानमा भिखारी नदेखिने


खबरस्टोरी संवाददाता

१७ असार २०७९,शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र कुनै पनि सार्वजनिक स्थानमा अब भिखारीहरु नदेखिने भएका छन् । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिक्षा मागेर बस्न निषेध गरेको हो । 

महानगरपालिकाले शुक्रबार जरुरी सार्वजनिक सूचना जारी गर्दै साधुसन्त वा भिक्षुले सनातनदेखि चलिआएको परम्पराअनुसार घरघरमा पुगेर भिक्षा माग्न भने रोक नलगाइने जनाएको छ । 

बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै पनि काम गर्ने बाहनामा वा अन्य ब्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ । स्थानीय जनप्रतिनिधिहरुले दिएको सिफारिसकै आधारमा पनि सिफारिस पत्र देखाएर काठमाडौंका सार्वजनिक सवारी साधनमा माग्ने पनि थुप्रै भेटिने गरेका छन् । 

महानगरले असहाय, बिराम, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको मानवीय ब्यवस्थापन गर्न मानव सेवा आश्रमसँग सहकार्य गरी ब्यवस्थापन हुँदै आएको भन्दै मानव सेवा आश्रम वा महानगरमा सम्पन्न गर्न पनि अनुरोध गरेको छ । 

महानगरले १० दिनभित्रको समय दिएर भिखारीहरुलाई हटाउन आग्रह गरेको छ । अन्यथा कानूनअनुसार कारबाही गर्ने पनि महानगरले चेतावनी दिएको छ । 

यस्ताे छ महानगरकाे सूचना



Share:
Reaction :
ताजा समाचार
खेलकुद