Media Network

काठमाडौंमा हट्यो सार्वजनिक सवारीमा जोर–विजोर प्रणाली


खबरस्टोरी संवाददाता

१४ माघ २०७८,शुक्रबार

काठमाडौं । काठमाडौं उपत्यकाका सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटेकोे छ ।उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सिडियो) सम्मिलित बैठकले सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।शुक्रबार राति १२ बजेदेखि नै लागू हुने गरी जोर–बिजोर प्रणाली हटाइएको छ ।

सीसीएमसीको सिफारिका आधारमा सार्वजनिक सवारीमा जोर बिजोर हटाइएको हो । निजी सवारीमा भने जोर बिजोर प्रणाली कायमै रहने छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद