नेपालमा एमसीसी पारित भएपछि अमेरिकी सेना आउने चर्चाका बीच अमेरिकी एयर फोर्सको कार्गो जहाज आएपछि सामाजिक सञ्जालमा तरङ्ग छाएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ। तर, विमानस्थलले भने यो नियमित प्रक्रिया भएको बताएको छ। काठमाडौं आएको अमेरिकी एयर फोर्सको कार्गो जहाजले नेपालस्थित अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको बताइएको छ ।