Media Network

काठमाडौँसँग जोडियो रोल्पाको थवाङ


खबरस्टोरी संवाददाता

७ पुष २०७८,बुधबार

रोल्पा । रोल्पाको थवाङ सिधैँ काठमाडौँसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडाैँसँग जोडिएको हो । बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौँका लागि रात्रिबस सेवा सुरु भएको छ । 

हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ । यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब ८ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडाैँ जाने गरेका थिए । 

थवाङ–लिवाङ र लिवाङ–काठमाडाैँको बराबरी भाडा तिर्न बाध्य उनीलाई थवाङ–काठमाडौँ बस सेवा सुरु भएसँगै राहत मिलेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद