रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा दुई वटा बस चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले जानकारी दिए।
यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ । यस बसमा अपाङ्गता भएकाहरुले ह्वीलचियरसहित सजिलै चढ्न सक्नेछन् । यसमा ज्येष्ठ नागरिक, अशक्त र बालबालिका सजिलै चढ्न र ओर्लन सक्छन् ।
बसमा एक चालक र एक अपाङ्गता भएकाका लागि छुट्याइएकाे सिटसहित जम्मा २६ सिट रहेको छ । यस्तै, उभिएर यात्रा गर्न सजिलो होस् भन्नका लागि ह्याण्डल बार राखिएको छ । यस्तै, बसमा सीसीटीभी, टीभी, वाईफाई, डस्बिन र बस रोक्न विशेष खालको बटमको सुविधा रहेको साझाले जनाएको छ ।
बसमा १ सय ६१ दशमलव २८ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ । बस ४५ किलोवाटको चार्जमा ५ घन्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्न सक्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले बताए ।
अब बाँकी ३७ वटा पनि छिट्टै सञ्चालनमा आउने साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिएका छन् । एउटा बसको झन्डै डेढ करोड रुपैयाँ परेको पनि उनले जानकारी दिए।