काठमाण्डौंमा चितुवाले आक्रमण गर्दा एकै परिवारका ५ जना घाइते


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
काठमाण्डौंमा चितुवाले आक्रमण गर्दा एकै परिवारका ५ जना घाइते
काठमाण्डौं । काठमाडौंमा चितुवाको आक्रमणबाट एकै परिवारका पाँचजना घाइते भएका छन् । बुधबार राति साढे १ बजे काठमाण्डौंको नागार्जुन नगरपालीका– ८ मा चितुवाले आक्रमण गर्दा एकै परिवारका पाँच जना घाइते भएका हुन्  । 

नागार्जुन नगरपालीका– ८ भिमढुङ्गास्थित पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको र घरबाट चितुवालाई भगाउन खोज्दा भट्टराई सहित परिवारका ५ जनालाई आक्रमण गरी घाइते भएको जिल्ला प्रहरी कार्यालय काठमाण्डौंले जानकारी दिएको छ । 

घाइते ५ पाँचै जनाको हाल मोनमोहोन अस्पतालमा उपचार भैरहेको छ। उनीहरुको स्वास्थ अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।