Media Network

लाइसेन्सका लागि एउटा मोबाइल नम्बर र नागरिकताबाट एकपटक मात्रै फारम भर्न मिल्ने


खबरस्टोरी संवाददाता

८ असार २०७९,बुधबार

काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अब एउटा मोबाइल नम्बर र नागरिकता नम्बरबाट एउटा मात्रै आवेदन फारम भर्न सकिने भएको छ ।

यातायात व्यवस्था विभागले फरक फरक मोबाइल नम्बर प्रयोग गरेर धेरै फारम भरेको पाइएपछि यस्तो नयाँ व्यवस्था सुरु गरेको हो ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन फारम भर्दा नाम, ठेगाना, नागरिकताको विवरण, सवारी चालक अनुमतिपत्रको विवरण भर्दा त्रुटि भएमा आवेदन गरेको/गर्न चाहेको नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाएर आफ्नो विवरण पुनः भर्न समेत आग्रह गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद