लिखु तामाकोसी–७ मा माओवादीका कैलाश दर्लामी विजयी


खबरस्टोरी संवाददाता
३ जेष्ठ २०७९, मंगलवार
लिखु तामाकोसी–७ मा माओवादीका कैलाश दर्लामी विजयी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का युवा नेता कैलाश दर्लामी मगरले करिब दोब्बर मतान्तरमा वडाध्यक्षमा विजय हासिल गरेका छन् ।

लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ७ तिल्पुङमा उनले आफ्नो निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार इन्द्रबहादुर बुढाथोकीलाई दोब्बर मतान्तरमा पराजय गराएका हुन् ।

९४२ मत ल्याएर दर्लामी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी बुढाथोकीले ४९१ मात्र ल्याएका थिए । दर्लामीसँगै उनको वडाको सम्पूर्ण प्यानल नै विजय भएका छन् ।