Media Network

ललितपुरको बालकुमारीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु


खबरस्टोरी संवाददाता

४ जेष्ठ २०७९,बुधबार

काठमाडौं।  ललितपुरको बालकुमारीमा गएराती मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय युवक रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा आज बिहान ३ बजे बिएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प ०४९१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका युवकलाई गएराती सवा ९ बजे ठक्कर दिएको थियो । 

मोटरसाइकल सहित चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद