Media Network

ललितपुरको टीकाथलीमा एक युवकमाथि छुरा प्रहार


खबरस्टोरी संवाददाता

२८ असार २०७९,मंगलवार

काठमाडौं । सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१४ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका-५ बस्‍ने २५ वर्षीय राजन श्रेष्ठ माथि छुरा प्रहार भएको छ।   

प्रहरी वृत्त बौद्धले धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एक जनालाई पक्राउ पनि गरेको छ । उनको साथबाट प्रहरीले २४ सेन्टिमिटरको छुरा र छुरा लुकाइएको सिरानीको खोल प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी नगरपालिका-४ घर भई कागेश्वरी मनोहरा नगरपालिका-५ टीकाथली बस्‍ने २७ वर्षीय दीपेश शाक्‍य रहेका छन् ।

छुरा प्रहारबाट राजन श्रेष्ठ घाइते भएका छन् । उनलाई तत्कालै प्रहरी बृत्त बौद्धबाट प्रहरी अधिकृतसहितको प्रहरी टोलीले अस्पताल पुर्‍याएको छ ।

उनीमाथि ज्यान मार्ने मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद