Media Network

लमजुङका ३७ घरेलु उधोग खारेज


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौँ। घरेलु तथा साना उद्योग कार्यालय लमजुङले लमजुङका ३७ घरेलु उद्योगलाई  खारेज गरेको छ ।

आर्थिक वर्ष ०७८/७९ को साउनदेखि २१ असारसम्ममा दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरू खारेज गरेको कार्यालय प्रमुख मीरा थापाले बताइन । 

थापाका अनुसार यस अवधिमा ६७९ नयाँ उद्योग दर्ता भएका छन् । यसै अवधिमा २८२ घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष ०७७/७८ मा ९७० नयाँ उद्योग दर्ता भएका थिए भने ३६९ उद्योग नवीकरण भएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद